कृष्णनगर बीओपीका सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

२० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

कपिलवस्तु कृष्णनगर बोर्डर पोष्टमा कार्यरत गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुरुङलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग अतिरिक्त रकम लिइसकेको अवस्थामा कृष्णनगर वडानम्बर २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिए ।

गुरुङमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु