
भारतको दिल्लीबाट घर फर्किने क्रममा कंचनपुरका एक जना युवाको बाटोमै मृत्यु
कंचनपुर,
भारतको दिल्ली शहरबाट घर फर्किने क्रममा सुदुरपश्चिम प्रदेशका एक जना युवाको बाटोमै मृत्यु भएको छ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने ३२ वर्षीय रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए ।
विगत करिब ६ महिना देखि भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमबार राति खटीमा स्थित चक्करपुरमा बसमै मृत्यु भएको प्रवक्ता थापाले बताए।
कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



