एकै दिनमा ६ जना महिला सहित ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

रुपेश वि.क, कंचनपुर,

यस वर्षको पहिलो वसन्तयाममा किलर माउन्टेनको रुपले परिचित विश्वको १०औं  र नेपालको ९ औं अग्लो हिमाल अन्नपूर्ण (प्रथम ) को वैशाख ३ गते शुक्रबार ६ महिला सहित ६७  जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरि नया किर्तिमानी कायम गरेका छन। 

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका- ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सहित ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए । 

फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, शर्मिला सेङताङ, माया शेर्पा र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपूर्ण बेसक्यामबाट ६ दिनको यात्रासँगै २०७८ वैशाख ३ गते चुचरोमा टोली पुगेको थियो । वैशाख ३ गते ६ जना नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए । सेभेन समिट टेकबाट आरोहणका लागि गएका १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा  पुगेर पाइला टेकेको शेर्पाले जानकारी दिए ।

७० वर्ष पहिले फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु