
आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै
३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।
भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।
भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो ।
दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो ।
चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।
दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

आइपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]