ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार प्रवेश गरेको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको सचिवालय बैठक बिहीबार ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ । तर, भोलिको बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुनेछ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुन: आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ । प्रधानमन्त्री केपी ओली गौतमले राष्ट्रिय  सभामा नजाने बताएपछि हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा भएपनि गौतमले पुन: जाने बताएपछि ओली अप्ठेरोमा परेका छन् ।

यसअघि १३ गते बस्ने भनिएको सचिवालय बैठक कोरोनाका कारण स्थगित हुन पुुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु