मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले : प्रधानमन्त्री

कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस्, तपाईँ के गर्नु हुन्छ त्यो भन्नुहोस्ः नेपाल

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो । प्रधानमन्त्रीले लामै कुरा गरेपनि ठोस प्रस्ताव भने गरेनन् ।

एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाए । ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

भेटमा वरिष्ठ नेता नेपालले भने फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

सिंगो देशको नेतृत्व गर्ने व्यक्तिले मसिनो कुराहरुमा अल्मलिन नहुने भन्दै उनले भने, ‘कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस्, तपाई के गर्नु हुन्छ, त्यो भन्नुहोस् ।’

Sagoon Host

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गरेका छन् । भेटमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले छलफल लामै भएपनि ठोस निर्णय भने नजुटेको अनलाइनखबरलाई जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु