उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं, पुस २३- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठक बिहीबार पनि बसेको थियो ।

यो पनि पढ्नुहोस

एकसठ्ठी जिल्लामा एमालेको अधिवेशन हुँदै

काठमाडौँ, पुस २३- प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । महाधिवेशनपूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री […]

यो पनि पढ्नुहोस

बाघले तीन महिनामा तीन जनाको लियो ज्यान

राँझा, पुस २३– बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दै

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् । अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका […]

यो पनि पढ्नुहोस

कुपाेन्डाेलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२१ पुस, काठमाडौं । ललितपुरको कुपाेन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । ललितपुरको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्दै आएका […]

यो पनि पढ्नुहोस

न्युजिल्याण्डलाई घरेलु मैदानमा हराएर बंगलादेशले रच्यो इतिहास

२१ पुस, काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट क्रिकेट आठ विकेटले जितेर बंगलादेशले इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल गर्‍यो । पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि […]

यो पनि पढ्नुहोस

कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । सप्तरी, […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठक बस्दै

२१ पुस, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान […]

यो पनि पढ्नुहोस

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

जनकपुर, पुस २१- केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका […]

यो पनि पढ्नुहोस

तनहुँको छुट्टाछुट्टै स्थानमा नवजात शिशुसहित दुई जना मृत फेला

दमौली, पुस २१- तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय […]

यो पनि पढ्नुहोस