
मर्स्याङ्दीको बाढीले मनाङमा झोलुंगेपुल बगायो
२०७८ श्रावण ६ बुधबार– मर्स्याङ्दीमा आएको बाढीले मनाङकाे चामे बजारमा रहेको झोलुंगेपुल बगाएको छ । मंगलबार राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगेपुल बगाएको चामे गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।
झोलुंगेपुल बगाएपछि माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावतमा गर्थे । झोलुंगेपुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत समस्या भएको छ ।

यस्तै, चामेको कोतो बजारबाट नार्पाभूमि जाने अर्को झोलुंगेपुल पनि जोखिममा परेको छ । बाढीले झोलुंगेपुल बगाउने जोखिम भएपछि स्थानीयलाई आवतजावतमा रोक लगाइएको मनाङ प्रशासनले जनाएको छ ।
असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका डिएसपी होमनाथ पन्थीले बताए । उनका अनुसार मर्स्याङ्दी नदीले धार परिवर्तन गरेसँगै लोकप्रिय माविको तीनवटा भवन बगाएको छ । बाढीका कारण माथिल्लो मनाङ जाने एक मात्र बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


