
नारायणी पुलबाट हामफालेकी युवतीको मृत्यु, सनाखत हुन सकेन
चितवन, पुस ९–
चितवनमा नारायणी नदी पुलबाट हामफालेर एक युवतीको मृत्यु भएको छ ।
आज (शुक्रबार) दिउँसो १२ः५५ बजेको समयमा हामफालेकी युवतीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अन्दाजी १९ वर्षीय युवती नदीमा हाम फालेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो । उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । उनको शव भरतपुर शव गृहमा राखिएको छ ।
पहिचान नखुलेकाले सनाखतका लागि प्रहरीले चिनजानका मानिसहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । पछिल्लो समय नारायणी फुलबाट हाम फाल्नेको संख्या बढ्न थालेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]