नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ
१० मंसिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।
यो पनि पढ्नुहोस

