
निर्वाचन आयोगले सोध्यो मन्त्री आलेलाई स्पष्टीकरण
२९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको भन्दै उजुरी परेको थियो ।
साथै, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको उजुरीमा उल्लेख गरिएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


