राजेश हमाल, वर्षा शिवाकोटी अभिनित लोकगीत ‘मञ्जरी’ सार्वजनिक
काठमाडौं : महानायक राजेश हमाल र वर्षा शिवकोटीलाई फिचरिङ गराइएको लोकगीत ‘मञ्जरी’ सार्वजनिक भएको छ।
पछिल्लो समयमा चलचित्रका अभिनेता तथा हास्य टेलिशृंखलाका ‘कमेडियन’लाई समेत लोकगीतका म्युजिक भिडियोमा नाच्न तथा अभिनय गर्न लगाउने ट्रेन्ड चलिरहेकै बेलामा ठूलो पर्दाका ‘महानायक’ राजेश हमालको अभिनयमा रहेको म्युजिक भिडियो बजारमा आएको हो।
म्युजिक भिडियोमा हमालसँगै ठूलो पर्दाकी नायिका वर्षा सिवाकोटीको पनि अभिनय छ।
देवी घर्ती र प्रकाश पराजुलीले बजारमा ल्याएको गीतमा प्रकाश सपुतको पनि अभिनय छ। घर्ती र पराजुलीले नै स्वर भरेको गीतमा नवराज पन्तको शब्द रचना, विश्वास नेपालको एरेन्ज गरेको गीतको भिडियोको निर्देशन देवेन्द्र बब्लुले गरेका छन्।# राजेश हमाल-वर्षा शिवाकोटी
गीतको भिडियो
यो पनि हेर्नुहोस्

अर्जुन पोख्रेलको अर्जुन दृस्टीले रच्यो नौलो कृती-काले केटा-२
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



