पौष ११ देखि बेलौरीमा कृषि पर्यटन मेला लाग्ने

कञ्चनपुरको बेलौरीमा कृषि पर्यटन मेला लाग्ने भएको छ ।

‘गरिब तथा अनाथ बालबालिका सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको हो । पुष दोस्रो सातादेखि तेस्रो बेलौरीकाे खुला मञ्चमा कृषि पर्यटन मेला हुने आयाेजकले जनाएकाे छ ।

बेलौरी नगरपालिका ४ शान्तिपुरमा रहेको शान्ति माविका पुर्व विद्यार्थीको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेकाे हाे । पूर्व विद्यार्थी समाजको आयोजनामा ११पुष (सोमबार)देखि मेला संचालन हुने आयोजककाे कथन छ ।

 

आइतबार गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संरक्षक प्रेम बहादुर थापाले शान्तिपुर माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नती र दक्षिणी क्षेत्रको कृषि पर्यटन विकासका लागि मेला आयाेजना गरिएको बताए ।

महोत्सवमा विभिन्न व्यवसायिक १५० स्टल राखिने समेत जनाइएको छ । मेलामा सुदूरपश्चिम पहाडी थारु समुदायका मौलिक खानेपरिवारदेखि कृषि उत्पादित बस्तु तथा सेवा प्रर्दशन गरिने छ । महोत्सवमा स्थानीय एव राष्ट्रिय कलाकारद्वारा बेजोड साँस्कृतिक कार्यक्रम समेत  प्रस्तुत गरिने बताइएको छ ।

 

महोत्सवबाट अनाथ वालबालिका र जेहेन्दार विद्यार्थीको पढाईमा टेवा पुग्ने, दक्षिणी क्षेत्रको कृषि पर्यटन प्रर्बद्धन हुने विश्वास गरिएको छ । २० पाेैष सम्म संचालन हुने महोत्सव लाखौँ दर्शकबाट अवलोकन हुने अपेक्षा गरिएको संरक्षक थापाले जनाए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु