राजनराज र स्मिता दाहालको मालिङ्गोमा महानायकको अभिनय

काठमान्डौ– चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी मौलिक गीतहरुको लागि माहिर मानिन्छन। गाउघरका खाँटी शब्दहरु टपक्कै टिपेर गीतमा राखेर नेपाली मौलिकतालाई आफ्ना गीतहरुमा झल्काउन बिशेष खुबी रहेका शिवाकोटीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहालसँग मिलेर गाएको गीत ‘मालिङ्गो’ युट्युब सार्वजनिक भए संगै चर्चाको शिखरमा रहेको छ। सार्वजनिक भएको छोटो समयमानै यूटुबको ट्रेन्डिङमा पुगेको छ।

महानायक राजेश हमालको अभिनय रहेको मालिङ्गोमा गायिका स्मिताले पहिलो पटक महानायकसँग स्क्रीन शेयर गरेकी हुन।
भिडियोमा राजेश हमाललाई हकर ( पत्रीका घरघरमा लिएर जाने ) रुपमा साथै स्मितालाई बलत्कार हुनबाट जोगिएकी किशोरिको रुपमा प्रस्तुत गरिएको छ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीले निर्देशन गरेका हुन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीकै संगीत रहेको छ । संगीत सम्योजक उदयराज पौडेलको संगीत सम्योजन र श्यामस्वेत रसाइलीको मिक्सिङ अनी भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
गज्जब टिभी युट्युब च्यानलबाट सार्वजनिक भिडियो अहिले युट्युब ट्रेन्डिङको ९औं नम्बरमा क्रमश: माथि उक्लने क्रममा रहेको छ। गीतलाई अहिले सम्म सात लाख पचास हजार भन्दा बढीले हेरिसकेका छन।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




