निर्देशक सागर सुब्बाको चलचित्र लोजिमाको सिक्किममा ग्राण्ड प्रिमियर हुदै

काठमाडौं । सर्बोत्कृष्ट राष्ट्रिय सांस्कृतिक पुरस्कार बिजेता चलचित्र “कुसुम”का निर्देशक सागर सुब्बाले झण्डै १ दशकपछि निर्देशन गरेको नयां चलचित्र लोजिमाको ट्रेलर हालै सार्वजानिक गरिएको छ ।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर पाथीभरा च्यानलकै आधिकारिक युट्युब च्यानलबाट अपलोड भएको छ । ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु संस्कृति र सामाजिक परिवेशसंग जोडेर देखाइएको पाइन्छ ।
२०७२ सालमा शेर्पा भाषाको पहिलो चलचित्र “कुसुम” निर्देशन गरेर निकै चर्चा कमाउनुभएका निर्देशक सुब्बाको पछिल्लो चलचित्र “लोजिमा”को कथा पनि आफ्नै हो । चलचित्र भनेको केवल मनोरन्जन मात्र हैन, चेतना र सन्देश पनि हो भन्ने कुरामा चलचित्र निर्माण गर्दै गर्दा आफू सचेत रहेको निर्देशक सगर सुब्बाले बताउनुभयो । पम्फावती राई कार्याकारी निर्माता, आशाहाङ आङ्बो निर्माता र सागर केरुङको पटकथा, संवाद लेखन रहेको चलचित्र लोजिमाको छायांकन रबिन्द्र बराल, मुख्य सहायक निर्देशन दीपक अधिकारी, श्रृगार नरेश खरेल, विशेष प्राविधिक सहयोगी बसन्त अधिकारी, साउण्ड डिजाईन मानशी किरण, पोष्टर डिजाईन सुन्दर श्रेष्ठ, सम्पादन संजय अधिकारी र पाश्र्व संगीत अशोक राईले दिनुभएको छ । आशोक लोहोरुङ राईले एरेन्ज गर्नुभएको चलचित्र लोजिमाका गीतहरुमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर सुन्न सकिन्छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मस् र डबिङ एम के प्रोडक्सनमा गरिएको निर्देशक सुब्बाले जानकारी दिनुभयो ।

पछिल्लो समय राम्रै चर्चा कमाईरहेकी नायिका विमला खजुमको शीर्ष भूमिका रहेको लोजिमामा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, ज्ञानु खम्दाकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र लोजिमाको प्रिमियर शो आगामी डिसेम्बर २४ (पौष ८, २०८०)मा भारतको सिक्किममा हुदैछ । त्यसपश्चत सिक्किमका विभिन्न स्थानहरु, काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका ३० भन्दा बढी स्थानमा प्रर्दशन हुने पक्का भईसकेको बताइन्छ । साथै विदेशमा युके,कोरिया, हङकङ, मलेशियालगायत अन्य देशहरुमा पनि क्रमश प्रर्दशन हुने निर्देशक सुब्बाले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्