काले केटा -२ ले गर्यो कमाल , यूटुबमा राख्यो रेकर्ड
समाचार तयार पार्दा सम्म गीत ट्रेन्डिङको १३ औं नम्बरमा रहेको छ भने भिडियोलाई ३० हजार जनाले लाइक गरेका छन र ६ हजार पाँच सय भन्दा धेरै कमेन्टहरु गीतले पाएको छ।
काठमाडौं-रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा उक्लन सफल गीत काले केटा- २ को लोकप्रियता बढ्दो क्रममा रहेको छ। अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिएर माथि जाने क्रममा रहेको छ।
पछील्लो समय एक पछी अर्को राम्रो गीत दिएर चर्चामा आएका गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द तथा सफल तथा चर्चित सङ्गितकार अर्जुन पोखरेलको सङ्गित रहेको गीत काले केटा-२ लाई सङ्गितकार पोखरेलकै श्रीमती दुर्गा खरेल (पोखरेल) ले गाएकी हुन भने उन्लाई गायक प्रताप दाशले साथ दिएका छन।

समाचार तयार पार्दा सम्म गीत ट्रेन्डिङको १३ औं नम्बरमा रहेको छ भने भिडियोलाई ३० हजार जनाले लाइक गरेका छन र ६ हजार पाँच सय भन्दा धेरै कमेन्टहरु गीतले पाएको छ।
नेपालमै पहिलो पटक म्युजिक भिडियोमा पार्टी बसको प्र्योग भएको सङ्गीतकार पोखरेल बताउछन। नगरकोटको रमणिय ठाउहरुलाई भिडियोमा देखाइएको छ। काठमाँडौको आर्क ब्रिजलाई पनि भिडियोमा निकै आकर्षक तरिकाले उतारिएको छ।


पछील्लो समय निकै मन पराइएका नायकद्वय पल शाह र नायक आकाश श्रेष्ठ र चुल्बुले नायिका पूजा शर्माको केमेस्ट्री दर्शकले खुब रुचाएका छन।
चर्चित सेलिब्रेटीलाई फिचरिङ्ग उक्त गीतको भिडियो The Devine Music यूटुब च्यानल बाट शनिबार सार्वजनिक भएको हो।
गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गीतकार अनी सङ्गीतकारले पहिलो प्रहरलाई बताए । उक्त गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन।

निर्देशक विधान कार्कीको निर्देशन, छायाँकार उत्सब दाहाल छायाँकन तथा बिकाश दाहालको सम्पादन रहेको छ।
गीतको भिडियो हेर्नुहोस
यो पनि हेर्नुहोस- पल, आकाश र पूजाको भेट नगरकोटमा – कालेकेटा-२ (भिडियो सहित)
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




