मोटरसाइकल दुर्घटनामा परी बारामा दुईजनाको मृत्यु

२ वैशाख, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

ना २७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहाको सिरहा नगरपालिका–७ का ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुरका ३९ वर्षीय सानुकाजी चित्रकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमै र सानुकाजीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु