दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि

२२ असोज, काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ ।

दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यपार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । ‘दशैं लागे पनि ब्यापार छैन तर होलसेलले मूल्य बढाएका छन् हामी पनि मारमा परेका छौँ,’ महासचिव तुलाधरले भने ।

लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको खुद्रा ब्यापारी ध्रुव अधिकारीले बताए । पहिले एक लिटर तेलका लागि १५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १६३ रुपैयाँ नघाएको उनको भनाइ छ । यस अघि २५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २६५ सम्म पुर्‍याइएको संघले जनाएको छ ।

तेलको प्याकेटमा एमआरपी २७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ पनि दसैँको पूर्वसन्ध्यामा लिटरमै पाँच रुपैयाँ बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु