
धनगढीबाट बाजुरा हिँडेकाे बस डाेटीमा दुर्घटनामा परि कम्तिमा २५ जना घाइते
धनगढी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् ।
धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


