
हेमन्तको मनै रुराउने दसैं गीत ‘आउन पाइन यो सालनि घरमा ‘ बजारमा
काठमान्डौ- चर्चित गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले मनै रुराउने दसैं गीत ‘आउन पाइन यो सालनि घरमा ‘ बजारमा ल्याएका छन।
नेपाली लोक संगीतमा निकै नै अब्बल सारङ्गी बादकका रुपमा चिनिने गायक हेमन्तका दुई दिन हसायो, थर बदल्नु पर्दैन लगायत थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन।
गीतमा सम्झना भण्डारीले रसाइलीलाई साथ दिएकी छिन। देशमा रहेको चरम बेरोजगारिको कारण घरपरिबारलाई छोडेर बिदेश पलाएन भएका युवाको कथा गीतमा समेटिएको छ।
गीतमा शब्द/ संगीत साथै संगीत सम्योजन समेत रसाइली स्वमको रहेको छ भने मिक्सिङ मास्टरिङ्ग राज कुमार बगरले गरेका हुन।
गीतको भिडियोको निर्देशन पनि हेमन्त र सुजाता बस्यालले गरेका हुन।भिडियोमा हेमन्तको पनि अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियो जितु तमाङ र कमल अलेक्सको छायांकन र नबिन सुनुवारको सम्पादनमा तयार भएको हो। भिडिओ शुक्रबार गायक तथा संगीतकार हेमन्तकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। # आउन पाइन यो सालनि घरमा
हेर्नुहोस् गीतको भिडियो

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




