बिदेशिएका युबाको पिडा बोकेको गीत सिमाना पारी सार्वजनिक (भिडियो)
काठमाडौं– बैदेशिक रोजगार नेपालीको लागि रोजिरोटिको मुख्य बाटो नै भएको छ। कोही रहरले बिदेशिएका छन भने कोही बाध्यताले । यस्तै बाध्यताले परदेशिएका युबाहरुको कथा बोकेको गीत ‘सिमाना पारी‘ पाल्पाली इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको छ।
गायक तथा संगीतकार गौरब दर्पणको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक निनल गुरुङ्गको स्वर रहेको छ।
भिडियोमा परिवार छाडेर परदेश गएका युबाहरुको अभिनयले जो कुनै नेपालीको मन छुन्छ।
बैदेशिक रोजगार नेपालीको लागि रोजिरोटिको मुख्य बाटो नै भएको छ। कोही रहरले बिदेशिएका छन भने कोही बाध्यताले…
दोहा कतारमा रहेका नेपाली कला केन्द्रका कलाकारहरु जनक मगर, कबिता मगर, पान्डब थापा मगर , निशा मगर , डि बि भट्टराइ लगाएतको अभिनय रहेको उक्त गीतको भिडियोलाई निर्देशक जनक मगरले निर्देशन गरेका हुन भने गणेश बराल मगरले खिचेका हुन।

भिडियो

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]