काँग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन् ।

काँग्रेस नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको काँग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु