जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

२८ भदो, काठमाडौं ।  विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए ।

दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए ।

यसपटक भने मेडभेडेभले २० पटकका विजेता जोकोभिचलाई ६-४, ६-४, ६-४ ले पराजित गरे ।

जोकोभिचले यसवर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए ।

जाकोभिच यूएस ओपन जित्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेपनि मेडभेडेभसँग हारपछि पूरा हुन सकेन ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु