
कालापत्थरबाट सिरीजंघा महोत्सवको निम्तो
काठमाडौ । आगामी बैशाख १३ देखि १५ गते सिरीजंघा गाउँपालिकाले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को तीव्र तयारी भइरहेको छ ।
यसैवीच दुई युवा अमिर राई र मनोज वस्नेतले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको रुपमा रहेको कालापत्थर क्षेत्रबाट उक्त महोत्सवको प्रचार गर्दै सिरीजंघा पर्यटन महोत्सवमा सहभागिताका लागि आव्हान गरेका छन् । कालापत्थर क्षेत्र ५ हजार २ सय ४२ मिटरको उचाईमा अवस्थित छ ।
विश्वको तेस्रो सर्वोच्च शिखर कंचनजंघा हिमश्रृखला अवलोकन गर्दै कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा आयोजना हुने सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत कञ्चनजङ्घा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवद्र्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ, कला, साहित्य तथा संगीत कार्यक्रमहरु आयोजना हुनेछन् ।
२०८२ साल बैशाख १५ गते हुने हाफ म्याराथनका लागि समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित नयाँ झोरनीबाट ४३०० मिटरको उचाइमा रहेको कस्तुरे ओडारसम्मको दूरी रहनेछ भने सहभागिताका लागि इच्छुक धावकहरुले बैशाख १३ गते दिउँसो १ बजेसम्म आफ्नो निवेदन सम्पर्क व्यक्तिहरु वा पालिकाको इमेलमा पठाइसक्नुपर्ने बताइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]