
मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए ।

तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


