विना परामर्श पाथीभरामा केबुलकार निर्माण, सिरीजंघा गाउँपालिकाको आपत्ति

काठमाडौ । कुनै परामर्श र समन्वय नै नगरि आफ्नो भूगोलमा समेत पर्ने ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा केबुलकार निर्माण प्रक्रिया सुरु गरिएकोमा सिरीजंघा गाउँपालिकाले गम्भिर आपत्ति जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र उपाध्यक्ष डा. चित्रकुमार लिम्बुले संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्र ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिकासहित सिरीजंघा गाउँपालिकाको वडा नं. ३ र ६ मा समेत पर्ने भएकाले पालिकासंग कुनै समन्वय र परामर्शविना केबुलकार निर्माण प्रारम्भ भएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पुरातात्विक, मौलिक तथा पवित्र धार्मिक स्थल पाथीभरा क्षेत्रमा विस्तृत परियोजना प्रस्ताव(डिपीआर)को समेत आधिकारीक सार्वजनिक नगरिएको, सरोकारवाला पालिकाका रुपमा सिरीजंघा गाउँपालिकासंग भविष्यमा हुनसक्ने राजस्व(आम्दानी)को बाँडफाँडका विषयमा समेत छलफल नै नगरेको र उक्त क्षेत्रको मौलिकता र दिगो विकासलाई समेत वेवास्ता गर्दै एकहोरो ढंगले केबुलकार निर्माण प्रक्रिया थालिएकोले यथाशीघ्र छलफल तथा वार्ताका लागि आउन केबुलकार निर्माण पक्षलाई सिरीजंघा गाउँपालिकाले अनुरोध गरेको छ ।

विज्ञप्तिको अन्त्यमा सिरीजंघा गाउँपालिकासंग विना समन्वय र सहकार्य निर्माण कार्य अघि बढाइएमा आइपर्ने समस्या र अप्ठ्याराहरुको जिम्मेवार केबुलकार निर्माण कम्पनी तथा सरोकारवालाहरु नै हुनेछ भनि सचेत समेत गराइएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्