
चितवनमा कपडामा पोका पारेर फालेको अवस्थामा नवजात शिशुको शव भेटियो
चितवन, कात्तिक २–
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१०, खगेरी पुलस्थित चौरमा एक शिशुको शव फेला परेको छ ।
आज विहान चौरमा कपडाले पोका पारेर फालिएको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ४/५ दिन अघिको जन्मिएको जस्तो देखिएको शिशुको शव फेला परेको हो ।
प्रहरीले अहिले घटना बारे अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


