भीम रावलको प्रश्न – झापामा लागू हुने अपानि सुदूरपश्चिममा लागू नहुने किन ?

२३ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सुदूरपश्चि प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज मंगलबार बोलाइएको छ ।

आज बैठक बोलाइएको बारे उपाध्क्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै झापामा लागू हुने अन्तर पार्टी निर्देशन सूदूरपश्चिमा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन् । ‘अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’ उनले लेखेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

एमालेले सुदूरपश्चिम प्रदेशमा भीम रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टराई इन्चार्जको जिम्मेवारी दिएको छ । भीम रावलले यो निर्णयको विरोध गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु