डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

४ जेठ, काठमाडौं ।डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका दीर्घबहादुर बलायरले ६५६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर वलायर ४५९१ मत ल्याए ।

मेयरमा एकीकृत समाजवादीका सागरप्रसाद भट्ले ३०२ र राप्रपाका गिरिबहादुर रोकायाले ४२ मत पाए ।

यस्तै उपमेयरमा पनि कांग्रेसका सुनिता रावल विजयी भएकी छन् । उनले ६४२६ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५  मत पाइन् । तेस्रो भएको माओवादीका रमेशप्रसाद जोशीले जम्मा ३६६ मत पाए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु