पिपलुबरको सफलतासंगै एकाएक टिकटक स्टार अस्मिता पन्तको चर्चा !

काठमाण्डौँ । केहिदिन अघि मात्र विशाल इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको “पिपलुबर” बोलको म्युजिक भिडियोले २ साता नपुग्दै २ मिलियन भन्दा बढी भ्यु प्राप्त गर्दै सफलता पाएसंगै सो म्युजिक भिडियोमा अभिनय गरेकी टिकटक स्टार अस्मिता पन्तको पनि ह्वात्तै चर्चा चुलिएको छ । म्युजिक भिडियोमा अहिलेका चर्चामा रहेका मोडल तथा नायक पल शाहसंग स्कृन शेयर गरेकी छन ।

नरेश खाती र समिक्षा अधिकारीको स्वरमा सजिएको यस म्युजिक भिडियो पछिल्लो समय निकै चर्चामा छ । टिकटकमा समेत निकै रुचाईएको यस म्युजिक भिडियोबाट मोडल पन्तले डेव्यु गरेकी हुन । डेव्यु म्युजिक भिडियोमा नै चर्चा बटुलेसंगै उनलाई नयाँ नयाँ म्युजिक भिडियोको निरन्तर अफर आईरहेको मोडल पन्त बताउछिन ।

उनै मोडल अस्मिता पन्तद्वारा अभिनित “रामप्यारी” म्युजिक भिडियो छिट्टै युट्युवमा सार्वजनिक हुँदैछ । यस म्युजिक भिडियोमा पन्तसंगै मोडल तथा गायक चक्र बमले स्कृन शेयर गरेका छन ।

“पिपलुबर” म्युजिक भिडियो

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।