मंगल र जुनुको “भिजायो पछ्यौरी” ले चर्चा कमाउदै
काठमान्डौ -गायक तथा सर्जक मंगल बि क को नयाँ गीत “भिजायो पछ्यौरी” यूटुबमा सार्वजनिक भएको छ। प्रबासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने बि क का यस भन्दा अघी थुप्रै गीत हरु आइसकेका छन। यसपटक बजारमा आएको गीत “भिजायो पछ्यौरी” बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ ।
उक्त गीतलाई मंगल स्वयम्ले लय सिर्जना गरेका हुन् भने शब्द महेन्द्र बि.क को रहेको छ । यस गीतको म्युजिक भिडियोमा राम्जी खांड र रिचा थापाको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन दिपक गिरी र सम्पादन अमृत चापागाईंले गरेका छन् ।
गीतको भिडियोलाई मंगलले आफ्नै युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका हुन ।
भिडियो
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



