
त्रिभुवनवस्ती प्रहरी कार्यालयले अवैध मोटरसाईकल सहित दुई लाख बराबरको सामान भन्सार पठायो
रुपेश वि. क,
कन्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकामा अवैध मोटरसाइकल सहित पौने २ लाख मूल्य बराबरको मालसामन ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले भन्सार पठाएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुव
पुनर्वासका सीमा क्षेत्रहरुबाट प्रहरीले विभिन्न मितिमा बरामद गरेका एक लाख ६० हजार मूल्य बराबरका ८ वटा मोटर साइकल र सोमबार राति सीमा क्षेत्रबाट बरामद गरेको १२ हजार ५ सय मूल्य बराबरको नरिवल, भित्री लुगा र गुड बरामद गरेको छ । ती सामानलाई आवश्यक अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताउनुभयो ।
कोरोना भाइरसका कारण नेपाल भारत सीमा आवतजावतमा बन्द गरिएका बेला बढिरहेको चोरी पैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पछि यस अघि पनि पटकपटक मालसामान बरामद गरी भन्सार पठाउदै आएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
खुला सीमाका कारण राजस्व छलिका घटना पूर्ण नियन्त्रणमा प्रहरीको स्रोत साधन न्यून भएका कारण प्रभावकारी बन्न नसके पनि सीमा क्षेत्रबाट हुने गरेका चोरी पैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]