भरतपुर–१८ मा राप्रपाको वडा कार्यालय

शशिनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नं–१८ को वडा कार्यालय सोमबार शशिनगरमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सांसद् एवं राप्रपाका केन्द्रीय सदस्य रीना गुरूङले वडा पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् ।

राप्रपा–१८ वडा कमिटीका अध्यक्ष रामविक्रम ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा बागमती प्रदेश सदस्य एवं युवानेता ज्ञानुजंग लामा, राप्रपाका चितवन अध्यक्ष रूद्र ढकाल, जिल्ला सदस्य शेरबहादुर खाँड, शिवनारायण चौधरी, क्षेत्र नं–१ का अध्यक्ष बलराम खनाल, क्षेत्र नं–३ का अध्यक्ष मदन पौडेल, रामकृष्ण क्षेत्री, मोतीलाल ढकाल, लक्ष्मीनारायण शास्त्रीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु