
बाँसघारीमा जुवा खेलिरहेका तीन जना ३ लाखसहित पक्राउ
१५ कात्तिक, जनकपुरधाम । बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।
जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।
जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ ।
उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



