‘ पिएर नशा ’ ले दर्शकको मन जित्दै -रवि ओडको जादुमय आवाज(भिडियोसहित)
बबालको सफलतासंगै उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् ।
काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा ’ लाई दर्शक अनी श्रोताले निकै मन पराएका छन।
उक्त गीत बेस म्युजिक नामक युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ ।
केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ।
”बबाल” लाई करिब करिब दश लाखले हेरिसकेका छन ।


छोटो समयमा नै निकै चर्चा कमाएको गायक तथा संगीतकार पौडेलको ‘बबाल’ बोलको गीत हेर्नुहोस
बबालको सफलतासंगै उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् ।
यस गीतमा रविको आवाज, शब्द–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ ।
यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।
भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् ।
निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘चौबन्दिमा’ ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’,
‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् ।
साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
समाजसेवी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्की अभिनित “बाँधी राखन”सार्बजनिक
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




