पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

झापा, भदौ १६ । पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटिडाँडा खण्डमा पहिरो खसेको हो ।

गएरातिको भारी वर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए । उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डाे पारेकाले पहिरो गएको बताए । यो राजमार्गले सुदुर पूर्वको इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्छ ।

यसैबीच, वर्षाका कारण रोङको विभिन्न स्थानमा पहिरो गएको प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार रोङ–६ बन्सुवाका बलबहादुर राईको घर पहिरोले बगाएको छ । राईको परिवारसहित अन्यलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । बर्षा र पहिरोका कारण गाउँपालिकाका अधिकाशं वडामा सडक र विद्युत अबरुद्ध भएको छ ।

श्रोत:-news24nepal.tv

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु