
दुई केजी गाँजासहित १४ वर्षीय बालक पक्राउ
२ वैशाख, काठमाडौं । वीरगञ्जको शंकराचार्य गेटबाट प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीमाथि लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



