
लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने
८ भदौ, काठमाडौं । चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।
अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


