
विवाद मिलाउन खोज्दा प्रहरी चौकीभित्रै झडप, एकजना घाइते
१७ मंसिर, कैलाली । दुई पक्षबीचको विवाद मिलाउने क्रममा बैतडीस्थित एक प्रहरी चौकीभित्रै झडप भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच मंगलबार साँझ झडप हुँदा एकजना घाइते भएका छन् ।
बाटोमा हिँडिरहेकी एक किशोरीलाई जिस्काएको आरोपमा प्रहरीले स्तथानीय किशोरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएपछि दुवै पक्ष प्रहरी चौकी पुगेका थिए । प्रहरीले घट्नाबारे जानकारी लिइरहेको समयमा एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेकै समयमा दुई पक्षबीच झडपमा भएको थियो । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । घाइते चन्दलाई थप उपचारका लागि बैतडी जिल्ला अस्पतालबाट धनगढी रेफर गरिएको उनले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


