मुक्कुमलुङ केबलकार खारेजीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौ । पवित्र मुन्धुमी थलो मुक्कुमलुङको संरक्षण र त्यहा जर्बजस्ती बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै आन्दोलनकारी पक्षले गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्रीसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर “पाथीभरा” बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्यमान्यता र अस्तित्वलाई समेत संरक्षण नगर्ने भएकाले केबलकार निर्माण तुरुन्त बन्द गर्न माग गरेका थिए ।

गृहमन्त्री लेखकले त्यस क्षेत्रमा केबलकार निर्माण गर्दा राम्रै हुदैन र भन्ने जिज्ञासा राखेपछि आफूहरुले मुक्कुमलुङप्रतिको आस्था, मुन्धुमी मान्यता र इतिहासबारे जानकारी गराउदै केबलकार बनाउन नहुने प्रष्ट विचार राखेको प्रतिनिधिमण्डलमा सहभागी अभियन्ता राम मादेनले जानकारी दिनुभयो ।
यसैबीच मुक्कुमलुङमा पटक पटक भएका सहमतिहरुलाई लत्याउदै जर्वजस्ती केबलकार बनाउन खोजेको आरोप लगाउदै आन्दोलनकारी पक्षले निर्णायक “मुक्कुमलुङ छोड” आन्दोलन सुरु गरेका छन् ।

सो क्षेत्रमा केबुलकार निर्माण गर्न इजाजत प्राप्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका प्रतिष्ठित व्यापारी चन्द्र ढकालको चन्दागिरी हिल्स लिमिटेड, काठमाडौंलाई ७ दिन भित्र मुक्कुमलुङ छोड्न दिएको अल्टीमेटम पुरा भएपछि आन्दोलनकारी पक्षले गत भाद्र २४ गतेदेखि ताप्लेजुङको फुङलिङ बजारदेखि मुक्कुमलुङ जाने तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्