सुरु भयो कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।

बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल( प्रचन्ड),झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् । जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत छन् ।

कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुनेछ ।

आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।

आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका थिए ।स्रोत: कान्तिपुर

 

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु