मैले आज प्रश्नहरु तेर्स्याउनै पर्ने भयो, होइन त ?
१) माथि वालुङको गुम्बामा एउटा पन्डित लगेर राख्दै अतिक्रमण गर्न सुरु गरियो भने त्यसलाइ के भन्ने ? पशुपतिनाथमा एउटा फेदाङमा, लामा वा पादरी राखौ भन्यो भने के हुन्छ ? काठमान्डौका अधिकांश नेवा राज्यको आस्थाका धरोहरहरु वा इतिहासहरु अतिक्रमित गरिएको हो भन्ने कुराको अलिकति पनि ज्ञान हामीमा छ कि छैन ? यस्ता ऐतिहासिक कुराहरुमा बहस गर्नु पर्छ कि पर्दैन ? पर्छ भने किन पर्छ र पर्दैन भने किन पर्दैन ? यत्ति पनि गर्न नसक्ने हाम्रो समाज, हामी कुन युगमा छौ ? हिजो अस्ति मात्र आन्दोलन्कारीसंग गरिएको सम्झौता तोड्ने पार्टी कुन हो ? किन यत्रो घमन्ड ? जनताको आवाज भनेको खाली आवधिक चुनाव मात्र हो ?
२) मुकुम्लुङको इतिहास खासमा के हो भनेर हामिले बुझ्ने कोसिस गर्ने कि नगर्ने ?
३) हामीले अहिलेसम्म बुझिल्याएको इतिहास वास्तवमा सहि हो कि होइन भन्ने कुराको अनुसन्धानात्मक अध्ययन नगरि बोल्न मिल्छ ?
४) हिजो त्यहाका रैथाने सुब्बाहरु पढन लेख्न खासै राम्ररी जान्दैनथे भन्ने कुराको हेक्का राख्ने कि नराख्ने ?
५) हिजो इतिहासमा हामी रैथाने आदिवासीहरुले देखाउदै आएको आत्मियता र सम्मानलाई कुल्चेर सबै निल्न खोज्नु कत्तिको जायज हो ?
६) गहिरिएर सोचौ र मनन गरौ कि आज आएर साम्प्रदायिकताको बीउ साच्चै भन्ने हो भने कसले रोप्न खोज्दैछन् ?
७) इतिहासको यस्तो गम्भीर मोडमा आइपुग्दा समेत ताप्लेजुङका सारा सचेत नागरिकहरु, यदि कोहि छन् भने, छलफलमा बस्न आवश्यक छ कि छैन ?
८) गणतन्त्रात्मक मुलुक भैसक्दा पनि राणकालिन पाराले केबलकारको योजना ल्याइएको हो कि होइन ?
९) यदि स्थानिय जनताले यत्रो ५,६ वर्षदेखि शान्तिपुर्णढंगले आफ्ना आवाजहरु राख्दै आउदा कत्ति पनि वास्ता नगर्नु, कस्तो पद्दति हो ?
१०) याक्थुम्बाहरुको ऐतिहासिक थलो हो कि होइन भनेर पहिला अध्ययन अनुसन्धान गर्दा के बिग्रन्थ्यो ?
११) कसले भनेको छ मुकुम्लुङ (पाथीभरा) लिम्बुहरुको मात्र हो भनेर ?
१२) कसको कर्मकाण्डहरुले गर्दा आजको यो समस्या निम्तिएको हो ?
१३) भोलि ताप्लेजुङमा कुनै अप्रिय घटना घटेको खण्डमा त्यसको जिम्मा को हुने ?
१४) त्यहाका सोझा साझा रैथानेहरुलाइ प्रलोभनमा पारेर आज जे जस्ता जालहरु फिजाइन्दै छ । त्यसको मुल्य भोलि हामि सबैले चुकाउनु पर्छ भन्ने हेक्का राख्छन कि राख्दैनन । ती दुलोबाट राजनिति गर्ने केही सिमित टाठाबाटाहरु ?
१५) समस्याको सुरुवात कहाबाट सुरु भएको हो भन्ने कुराको खोजि गर्ने कि नगर्ने ?
१६) राज्यमा पहुँच पुग्यो भन्दैमा जे जे मन लाग्यो त्यहि त्यहि गर्न पाइन्छ ? राणाकाल र पन्चायत कालमा जस्तै ?
१७) २,३ हप्ता अगाडि गरिएको सम्झौता तोडनेहरु को हुन् ?
१८) रैथाने बासिन्दाहरुलाइ लडाउन खोज्ने तत्वहरु को हुन् ?
१९) स्वतन्त्र नागरिकहरुको प्रशासन संयन्त्र नागरिककै बिरुद्ध परिचालन गर्न खोज्ने राज्य आखिर कसको राज्य हो ?
यस्ता सयौ प्रश्नहरु छन्, सबै नलेखौ अहिले नै । तर तपाई हामी सबैको दायित्व हो यस्ता प्रश्नहरु सोध्ने अनि त्यस्ता प्रश्नहरुको जवाफ खोज्ने । ताप्लेजुङमा जे हुदैछ, त्यो कुनै पनि कोणबाट हेर्दा न्यायोचित देखिन्दैन भन्ने चाहि मेरो निस्कर्ष हो । आउनुहोस् बसौ, बहस गरौ र निस्कर्षमा पुगौ । मुकुम्लुङ युमाले सबैको कल्याण गरुन् !
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]