
पार्टीमा रामचन्द्रको ठूलो योगदान छ, हामी एक हुन्छौंः देउवा
काठमाडौं,मंसिर २८-
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले रामचन्द्र पौडेलको योगदानको चर्चा गरेका छन्। मंगलबार बिहान पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हामी एक भएर अगाडि बढ्ने बताए।
‘रामचन्द्रजीको धेरै योगदान छ । नेतालाई आदर गर्नुहोस्।’ उनले भने, ‘रामचन्द्र जी आदरणीय व्यक्तित्व हो। भोलिका दिनमा धेरै ठूलो योगदान दिनुछ। हामी एक भएर छोड्छौं।’ मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। जुन ४८.२३ प्रतिशत मत हो।
यसैबीच सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्याए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


