पालुङटारको फरक दृश्य : पराजित उम्मेदवारहरू विजय जुलुसमा सहभागी !

गोरखाको पालुङटार नगरपालिकाको नतिजा सो भेगका लागि निकै चर्चामा रह्यो । सुरुमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी जसपा मिलेर लड्ने सहमति भएपनि पछि सहमति तोडियो । जसमा माओवादीले मेयर र जसपाले उपमेयर पाउने गरी सहमति भयो ।

तर, एकाएक केन्द्रीय नीति भन्दै काँग्रेससँग तालमेल गर्ने नीति जसपाले लियो । सो नीति लिइएपछि काँग्रेसका पालिका तहका सबै उम्मेदवारले विद्रोहको चेतावनी दिएपछि त्यो सहमति टिक्न सकेन ।  त्यसपछि दलहरुबीच मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने भन्ने निर्णय भएपनि अन्तिम समयमा जसपाका स्थानीय नेताहरुले एमालेसँग तालमेलको हात अघि बढाए । सोहीअनुसार चुनावमा प्रतिस्पर्धा गरेका पालुङटारको नतिजा भने फरक रह्यो । एक्लै लडेको माओवादी केन्द्र विजयी हुँदा एमालेसँग मिलेको जसपा पराजित बन्यो । यो पालिकाको नतिजा यसअर्थमा पनि महत्वपूर्ण थियो कि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको गृहनगर पनि हो, पालुङटार ।

यता उपमेयरमा पनि माओवादीकै उम्मेदवार वन्दना पाण्डे विजयी बनिन् । उनले ५ हजार ५७९ मत पाउँदा काँग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । यस्तै एमालेकी पार्वती देवी पाठक जसपाको सहयोग पाउँदा पनि ४ हजार २८१ मत पाएर तेस्रो बनिन् । यसैबीच पालुङटारमा माओवादी विजयी भएपछि बिहीबार विजय जुलुस निकालिइएको छ । विजय जुलुसमा चुनावमा पराजित काँग्रेसका दीपकबाबु कँणेलसहित उपमेयरमा एमालेबाट पराजित पार्वतीदेवी पाठक समेत सहभागी भएकी छन् । उनीहरुले पराजित भएपनि राजनीतिक संस्कार देखाएर विजय जुलुमा सहभागी हुनु सकारात्मक भएको माओवादीका एक स्थानीय नेताले बताए ।

विजय जुलुसमा सहभागी कँणेलले समग्र पालुङटारको विकासका लागि  आफूहरु सँगै रहेको बताए । उनले निर्वाचित मेयरलाई आफूहरुको साथ र सहयोग रहने बताए । यसैगरी मेयरमा विजयी विवशले सबै पक्षलाई मिलाएर लैजाने बताएका छन् । विजय जुलुस स्थानीय राधाकृष्ण मन्दिरबाट सुरु भई ठाँटीपोखरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु