
पहिराेले मकवानपुरकाे भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुरकाे भीमफेदि गाँउपालिका ६ देउरालि र गढिमा पहिराे गएकाे छ । मकवानपुरकाे भीमफेदिमा पहिराे गएकाे कारण अाज बिहानैदेखि साे सडकखण्ड अबरुद्ध बनेकाे छ । अाज बिहानैदेखि लगातार पानि परेकाे वर्षाका कारण पहिराे जाँदा भीमफेदि कुलेखानि सडकखण्ड अवरुद्ध बनेकाे हाे ।
सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । उहाँका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]