
चिनियाँ नेतालाई ग्रेटर नेपालले बुझायो ज्ञापनपत्र, गल्ली सच्याउन माग
काठमाडौं । नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज बिहान बत्तीसपुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशक PU Pengchengमार्फत् दुई बुँदे ज्ञापनपत्र बुझाएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्रमार्फत् नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ सूत्रीय बेत्रावती सन्धिको धारा ५ मा उल्लेख भएको कुनै पनि विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन भन्ने प्रावधानप्रति चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गरेको छ । ज्ञापनपत्रमा सन् १७९२ मा भएको उक्त सन्धिको धारा ५ को प्रावधानअनुसार हामीमाथि आइपर्न सक्ने सुरक्षासङ्कटको निवारणका निम्ति चीन सरकारको ध्यान जानेछ भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपेक्षा रहेको जनाएको छ ।
नेपाल सधैँ एक चीन नीतिको समर्थन र चीनको भौगोलिक अखण्डताको पक्षमा वकालत गर्दै आइरहेको छ र गरिरहनेछ भन्दै मोर्चाले नेपालको सार्वभौमसत्तासम्पन्न क्षेत्र कालापानीमा इन्डियाले सन् १९६२ देखि सेना राखेर कब्जा जमाउँदै आएकोमा २०१५ मे १५ मा चीन र इन्डियाबीच लिपुलेखबाट व्यापार गर्ने भनी उक्त दुई देशका प्रधानमन्त्रीबीच संयुक्त वक्तव्यमा हस्ताक्षर भएबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध खुला प्रहार भएको जनाएको छ । यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिई उक्त संयुक्त वक्तव्यबाट अलग भई चीनले नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाई नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका सम्बन्धमा कसैसँग सम्झौता हुन नहुने बताएका छन् । उनले भनेका छन्, “
“अन्यायमा परेपछि न्याय नपाउन्जेल आवाज उठाउन छाड्नुहुन्न ।”
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]