
नेहा कक्कर लाई रोहनप्रितले नशामा गरेका थिए बिहेको प्रस्ताब
नेहा कक्कर ले बताएकी छिन कि उनले रोहनप्रीतलाई नेहु दा व्यहको गीतको दौरान भेटेकी हुन। शुटिंग पछि रोहनप्रीतले नेहालाई उनको स्न्याप्च्याट आईडी मागेका थिए, त्यस पछि दुवैले एक आपसमा कुरा गर्न थाले। नेहाका अनुसार उनले शुरुमा नै विवाह गर्न चाहेको कुरा स्पष्ट पारिदिएकी थिइन, किनभने उनी जीबनमा घर बसाउने लक्ष्यमा पुगी सकेकी थिइन तर रोहन भने उनी अहिले जम्मा २५ बर्ष मात्र रहेको र विवाहको लागि तयार नभएको बताएका थिए ।
(मनोरन्जन) चर्चित बलिवूड गायिका नेहा कक्कर ले केही समय अघी मात्र बिहे गरेकी थिइन। उनको विवाहका बारेमा धेरै कुराहरु बिस्तारै खुल्दैछन। हामी यहाँ हजुरहरुलाई नेहाका बिहे हुनु पूर्वका कुराहरु प्रस्तुत गर्न गइरहेका छौ।
रोहनप्रीत सिंह र नेहा कक्करको जोडीलाई उनका फ्यानले अत्याधिक मन पराएका छन। यी दुईको प्रेम कहानी धेरै राम्रो छ र विवाह पछि, तिनीहरूको चर्चा अझ बढी भयो। तर के तपाईंलाई थाहा छ नेहा कक्करलाई रोहनप्रीतले मातेको अवस्थामा विवाहको प्रस्ताव राखेका थिए? हो, हास्य अभिनेता कपिल शर्माको कार्यक्रममा नेहा कक्कर आफैले भनेकी थिईन।
नेहासँग रोहनको कसरी भयो भेट? रोहनप्रीतले नशामा गरेका थिए नेहालाई बिहेको प्रस्ताव!
नेहाले बताएकी छिन कि उनले रोहनप्रीतलाई नेहु दा व्यह को गीतको दौरान भेटेकी हुन। शुटिंग पछि रोहनप्रीतले नेहालाई उनको स्न्याप्च्याट आईडी मागेका थिए, त्यस पछि दुवैले एक आपसमा कुरा गर्न थाले। नेहाका अनुसार उनले शुरुमा नै विवाह गर्न चाहेको कुरा स्पष्ट पारिदिएकी थिइन, किनभने उनी जीबनमा घर बसाउने लक्ष्यमा पुगी सकेकी थिइन तर रोहन भने उनी अहिले जम्मा २५ बर्ष मात्र रहेको र विवाहको लागि तयार नभएको बताएका थिए ।

रोहनप्रीतले नशामा गरेका थिए नेहालाई बिहेको प्रस्ताव
View this post on Instagram
रोहनप्रीतको कुरा सुनेपछी नेहाले उनिसँग केही समय कुरा गर्न समेत बन्द गरिन । यद्यपि रोहनले नेहालाई भने सन्देश पठाएको बताइन। नेहाले भनिन कि- एक दिन रोहनप्रीतले उनलाई सन्देश पठाए जसमा लेखेका थिए- नेहू, म तिमी बिना बाँच्न सक्दिन। विवाह गरौं।
नेहाका अनुसार उनी यस कुरामा विश्वास गर्दिनथिन उनले भनिन- रोहनले २-३ वटा बियर पिइसकेका थिए।” अनी मैले सोचे कि उसलाई अहिले बियरको मात चढेको छ, बिहान यो बिर्सिने छ।
View this post on Instagram
नेहाले आफ्नी आमासँग कुरा गरेकी थिइन
भोलिपल्ट नेहा कक्कर गीत शूट गर्नको लागि चंडीगढ़ गएकी थिइन र रोहनप्रीत उनको होटलमा आए र उनलाई त्यहाँ भेटे। त्यसपछि रोहनप्रीतले उनलाई सोधे कि तिमीलाई हिजो राती भएको कुरा याद छ कि छैन? नेहाले भनिन, ”नेहु तिमी लाई हिजोको कुरा याद छ नि ? मैले कहाँ पिएको थिए र ? किन मलाई याद रहन्न र ?” जब नेहाले रोहन बिहेको बारेमा गम्भीर भएको महसुस गरिन, उनले शूटिङमा आएकी आफ्नी आमालाई रोहनसँग कुरा गराइन । नेहाकी आमाले पनि रोहनलाई पहिलो भेटमै निक्कै मन पराइन।
जब नेहाले रोहनलाई उनको पूर्व प्रेमिकासँग अनफलो गराइन
रोहनले उनको पूर्व प्रेमिकासँग कुराकानी भएको थाहा पाएपछी उनले रोहनप्रीतलाई आफ्नो पूर्व प्रेमिकालाई सामाजिक सन्जालमा अनफलो गर्न लगाइन, उनले कपिल शर्मा शोमा भनेकी छिन- ”रोहनले पूर्व प्रेमिकालाई सम्झेर गीत पनि बनाएका छन। नेहाले थपिन- मैले अनफलो गराइहाले त्यस्पछी मैले वास्ता गरिन। ”
#नेहा कक्कर
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]







