गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा गायिका सुरक्षा सेन्चुरी र सौगातले गाए’कुरै कुरामा ‘ (भिडियो)

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको ‘कुरै कुरामा ‘ बोलको गीतको भिडियो एम थ्री मिडिया नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । कहिले रुवाउने कहिले हसाउने अनी नचाउने गीत पालै पालो दर्शक स्रोता माझ निरन्तर ल्याई रहेका बहुमुखी प्रतिभाशाली एवम सामाजसेवी चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईका शब्द शृजना रहेको गीत रिलिज गरिए लगत्तै यसको चर्चा सुरु भएको छ । एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाई बिगत २०बर्ष देखि प्रवासमा बस्दै आएका छ्न।

गीतकार ध्रुव प्रसाद अंम्गाई

 

गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्टबक्ता समाजसेवी तथा एक कुसल राजनीति भिजन भएका देश र जनता प्रति चिन्तन गर्ने भोलिका आश लाग्दो युवा समेत हुन । अमगाईका चार दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न भर्खर दुई महिना पहिलेमात्र जमानत गुमायौ र मिलनमा बिछोड गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भएका उनको गीतहरुले हरेक बर्ष चर्चा कमाईरहेका हुन्छन।

नेपाली गीत मात्रै नभै उनले हिन्दी गीत सम्म लेखेका छ्न दुई महिना पहिला उनको हिन्दी गीत खयालो मे रेकर्ड भैईसकेको छ र केही समयमै बजारमा आउने तयारी रहेको कुरा पहिलो प्रहरसँग बताए। आखा आँखा जुधी , माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देस, विहानीको घामको झुल्को, जमानत गुमायौ उनका चर्चित गीतहरु हुन ।

उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीर्हेका छ्न र यो बर्ष गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कारमा उत्कृष्ट दशजना गीतकार भित्र आखा आँखा जुधी गीत बाट नोमिनेसनमा परिसकेका छ्न भने थुप्रै म्युजिक एवार्डमा उनका गीतहरु नोमिनेसनमा पर्नु को साथै एवार्डहरु जितिरहेका छ्न । यो कुरै कुरामा गीत साचो माया प्रेम गर्ने जोडिको जीवन कथालाई अत्तेन्तै कुश्ल र सरल शब्दमा उतारेका छ्न गीतकारले प्रेमिकाले धोका दिन्छ कि भन्ने आशंका गरेका छ्न ।

अहिलेको सामाजिक एथार्थतालाई समेटीएको पाईन्छ् उनी अंम्गाई वास्तविक र सामाजिक घटनालाई कथा वस्तुमा उतार्ने सक्ने बहुमुखी प्रतीभा भएका बिरलै गीतकार मध्यका गीतकारहरुमा पर्दछन साथै देशले गर्भ गर्न लायक रास्ट्रवादी युवा हुन उनको आशय कुनै न कुनै माध्यम बाट देश र जनताप्रती एउटा् राम्रो काम गरेर देखाउने उनको मुख्य उद्यस्य रहेको बुझीन्छ ।

Sagoon Host

गीतमा शब्द उनै अंम्गाईको हो भने विशाल निरौलाको सङ्गीत र एरेजमेन्ट छ भने भोकल भ्वाइस अफ नेपाल कि सुरक्षा सेन्चुरी र सौगात थापा, दिपेस परियार र अन्जना राउतको अभिनय रहेको छ । भिडियोलाई निर्देशक मुनाल शिशिर कोईरालाले गरेका हुन । क्यामेरा म्यान सुजन श्रेष्ठ ईक्युपमेन्ट पर्ट्नर जनता डिजिटल टीम रहेको छ भिडियोको भिडियो ईडिट सुजन लम्सालले गरेका छ्न रेकडिस्ट रन्जन राई र मेकअप आर्टिस्ट कबिन खड्काले गरेका हुन ,अंनकाल स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु