कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु

पुनर्वास , १४ असार । कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार देवेन्द्र खेतमा मेड हाल्दै थिए भने शारदा खेतमा धान रोपिरहेकी थिईन।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु