‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल

पुस १०, काठमाडौं– प्रतिनिधि सभा विघटनविरूद्ध सडक आन्दोलनमा आएको नेकपाका नेता तथा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको हुने भएको बताएका छन्।

 

केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफूहरूले पेरिसडाँडाको सम्पत्ति दाबी नगर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पछि लागेकोले सम्पत्ति दिन नसकिने बताएका थिए भने उनले पूर्वएमालेको सम्पत्तिमा भने अरू कसैको हक नलाग्ने पनि बताएका थिए।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई नेकपाको सम्पत्ति आफूहरूको हुने भनी जबाफ फर्काएका छन। उनले सम्बोधनका क्रममा भनेका छन ‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु